कर्णालीमा कोरोनाः ४७ जना थपिए, ४७ जना निको भए
कर्णालीमा सोमबार कोरोना संक्रमित हुने र कोरोना संक्रमण निको हुनेको संख्या बराबर रहेको छ ।
पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना संक्रमण देखिएको छ भने ४७ जनाले कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।
प्रदेश अस्पताल/पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत जिल्लाका ४१ जना, दैलेख २ जना जाजरकोट र बाँके १/१ जना गरि जम्मा ४५ जना र रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको पिसिआर प्रयोशशालामा परीक्षणमा रुकुमपश्चिम २ जना गरि जम्मा ४७ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए ।
‘आजका दिनमा डिस्चार्ज हुने र संक्रमण हुनेको संख्या बराबर रहेको छ,’ उनले भने, ‘४७ जना थप कोरोना संक्रमित हुदा संक्रमण जित्नेको संख्या पनि ४७ पुगेको छ ।’