नवलपरासीमा बदेलका आक्रमणमा परी ३ जना गम्भीर घाइते
नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोटमा बदेलमा आक्रमणमा परी ३ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार गैडाकोट नगरपालिका १२ सिख्रौली स्थित नारायणी नदी किनारमा रहेको खेतको पानी कटाउने क्रममा ३ जनालाई जंगली बदेलले एक्कासी आक्रमण गरेको हो ।
आक्रमणमा परी गैडाकोट नगरपालिका १२ निवासी ३७ बर्षीय राजु बस्नेत, ३० बर्षीय पूर्णबहादुर श्रेष्ठ र १७ बर्षीय सिर्जना परियार घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको र जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
उनीहरुको हात, खुट्टा र ढाडमा चोट लागेको छ ।
