छोरीलाई बलात्कार गर्ने बुवा र आमालाई जबरजस्ती करणी गर्ने छोरा पक्राउ
बैतडी, ३१ असार । जिल्ला प्रहरी कार्यालय बैतडीले बालात्कारको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको पञ्चेश्वर गाउँपालिकामा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् भने पुर्चाैंडी नगरपालिकामा आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा एक छोरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता गौरी प्रशाद जैसीले जानकारी दिनुभयो ।
पञ्चेश्वर गाउँपालिका ४ की ११ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुवा पक्राउ परेका हुन् । यस्तै जिल्लाको पुर्चौंडी नगरपालिका- १० मा ६१ वर्षीय आमालाई जबरजस्ती करणी गरेको आरोपमा ३२ वर्षीय छोरा पक्राउ परेकाे उहाँले बताउनुभयो ।
यता, पञ्चेश्वर गाउँपालिका ४ को घटनामा संलग्न बुवालाई जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । आमालाई बलात्कार गरी विषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।