आफ्नी ६१ वर्षीया आमालाई बलात्कार गर्ने छोरा पक्राउ


बैतडी  जिल्लाको पुर्चौडी नगरपालिकामा आफ्नी आमालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनका छोरालाई पक्राउ गरेको छ । बत्तीस वर्षीय छोराले ६१ वर्षीया आमालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । मङ्गलबार घरमै जबरजस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए ।



प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्ती करणी गरी नुवान नामक विषादी सेवन गरेको अवस्थामा फेला परेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जैसीले बताए ।आमालाई बलात्कार गरी बिषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...