कस्तो छ आजको मौसम ?


मौसम पूर्वानुमान महाशाखाले हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर रहेको छ। अहिले देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।



आजदेखि पानी पर्ने क्रम विस्तारै बढ्ने मौसमविदको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर पर्सि आइतबार बेलुकीदेखि मनसुन सक्रिय हुन लागेकाले देशभरी नै झरी पर्ने र थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै आवश्यक पूर्वतयारी र विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।



सम्बन्धित
Loading...