नवलपरासीमा तस्करीको युरिया मल सहित दुई जना पक्राउ
परासी । भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको ५३ बोरा युरिया मल सहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले शनिबार पक्राउ गरेको छ ।
भन्सार छलि ल्याइएको उक्त मल पश्चिम नवलपरासी प्रहरीले पाल्ही नन्दन गाउँपालिका २ मडेराबाट बरामद गरेको हो ।
लख्खीप्रसाद केवट सहानीको घर लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।
जिल्ला प्रहरी कार्यालय र सिमा प्रहरी चौकी महेषपुरबाट गएको प्रहरी टोलीले उक्त मल बरामद गरेको हो । प्रहरीले लख्खीप्रसाद केवट सहानी सहित उदय राज यादवलाई पनि नियन्त्रणमा लिएको छ ।
https://www.youtube.com/watch?v=6PI5ro-aMZI&t=300s
