नारायणी नदीले बगाएका दुईजनाको उद्दार




नारायणी नदीले बगाएका दुईजनाको उद्दार गरिएको छ । नारायणी नदीमा बगेको सूचनाको आधारमा स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले एक महिला र एक पुरुषको उद्दार गरेको हो ।

भरतपुर महानगरपालिका–३ स्थितमा नारायणी नदीले मानिस बगाएको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले उद्दार गरेको हो ।




प्रहरी जवान सिद्दराज शर्मा र प्रहरी जवान खड्गबहादुर बिष्टले स्थानीयको सहयोगमा बर्ष ३७ को पुरुष व्यक्तिलाई नदीले बगाएको स्थानबाट अन्दाजी ५०० मिटर तल वडा नम्वर ३ को कार्यालय नजिकबाट उद्दार गरेको चितवन प्रहरीले जनाएको छ ।

त्यस्तै, वर्ष २५ की महिलालाई नारायणी किनारमा रहेको बुद्ध मूर्ति छेउबाट उद्दार गरी उपचारको लागि भरतपुर अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

बर्षातको समयमा नदीको बहाव उच्च हुने हुँदा अनावश्यक रुपमा नदी किनारमा नगइदिन समेत प्रहरीले अनुरोध गरेको छ ।

https://www.youtube.com/watch?v=TL9WAarGpEQ



सम्बन्धित
Loading...