कपाल काटेर बाहिर निस्कने बेला खुकुरी प्रहार, १ युवक पक्राउ 


कैलालीको लम्कीमा शुक्रबार १ जनामाथि खुकुरी प्रहार गर्ने युवक पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका-१ मा २८ वर्षीय स्थानीय रमेशबहादुर शाहीमाथि खुकुरी प्रहार गरेको आरोपमा वडा नम्बर २ का २२ बर्षीया परेग न्यौपाने पक्राउ परेका हुन् ।



‘सैलुनमा कपाल काटेर बाहिर निस्कने क्रममा उनीमाथि ७/८ जनाको समूहले आक्रमण गरेको थिए,’ कैलालीका डिएसपी प्रतीक विष्टले भने, ‘ त्यसलगतै आक्रमणकारी भागे । त्यसको केही बेरमै लम्की प्रहरीले न्यौपानेलाई नियन्त्रणमा लियो । आक्रमण गर्नेहरू फरार नै छन् । हामी खोजी गरिरहेका छौँ ।’

प्रहरीका अनुसार घाइते र आक्रमण गर्नेहरू साथी भएको खुलेको छ । आपसी विवादका कारण खुकुरी प्रहार भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए ।




घाइते शाहीलाई लम्कीस्थित लाल रत्न अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ ।



सम्बन्धित
Loading...