रतनगन्जबाट १७लाख बराबर काे अबैध खसि प्रहरीकाे नियन्त्रणमा
नन्दु यादव नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न ५ रतनगन्जबाट अबैध रुपमा ल्याइएको खसि शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट अबैधररुपमा ल्याएर रतनगन्जको एउटा छाप्रोमा राखिएको अवस्था मा प्रहरीले ति खसिहरुलाई नियन्त्रणमा लिएको हो।रु १७लाख बराबर मुल्य रहेका कुल ८५वटा खसिहरु रहेको बताईएको छ ।
सुचनाको आधारमा शसस्त्र प्रहरी बल नेपाल हेडक्वाटर २६नम्बर गण बेलासपुरबाट शसस्त्र प्रहरी निरिक्षक सुमन अधिकारी र शसस्त्र प्रहरी बल अस्थायी पोस्ट बलिनगरका शसस्त्र प्रहरी निरिक्षक धनबहादुर रानाको संयुक्त टोलिले ति खसिहरुलाई नियन्त्रणमा लिएको शशस्त्र प्रहरी बल नेपाल २६नम्बर गण बेलासपुरका प्रमख भरत खनियाले जानकारी दिनुभयो ।
अबैधरुपमा नियन्त्रणमा लिएको खसिहरु आवश्यक कार्वाहिका लागि महेशपुर भन्सार कार्यालय पठाइएको खनियाले बताउनु भयो ।