नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो : स्वास्थ्य मन्त्रालय


नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ वर्षीया किशोरीको गएराति मृत्यु भएसँगै मृतकको संख्या ४५ पुगेको हो ।



बाराको परवानिपुर गाउँपालिका वडा नम्बर ८ की १७ वर्षीया किशोरीको शुक्रबार बेलुका गण्डकी अस्पताल वीरगञ्जमा मृत्यु भएको छ ।




गत बुधबार वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार गर्न गएकी उनको आरडीटी पोजेटिभ देखिएको थियो । गत साउन ९ गते कोरोना पुष्टि भएको थियो ।

उनको शरीरमा अक्सिजनको मात्र कम हुनका साथै, पखाला लाग्ने, जिउँ काम्ने र श्वासप्रश्वासमा समेत समस्या आएको थियो ।



सम्बन्धित
Loading...