उत्तर कोरियामा भेटिए कोरोनाका पहिलो शंकास्पद संक्रमित – किम जोङले बोलाए आपतकालीन बैठक




उत्तर कोरियामा कोरोना भाइरस ९कोभिड–१९० का पहिलो शंकास्पद संक्रमित फेला परेका छन् । उत्तर कोरियाको सरकारी समाचार संस्थाले पहिलो शंकास्पद संक्रमित फेला परेसँगै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आपतकालीन बैठक बोलाएका छन् ।
समाचारमा उल्लेख गरिएअनुसार शंकास्पद संक्रमित दक्षिण कोरियाबाट अवैधरुपमा फर्किएका व्यक्ति हुन् । उनी सीमावर्ती सहर काएसोङमा फेला परेका हुन् ।
शंकास्पद व्यक्तिको मेडिकल जाँचपछि अहिले उनलाई क्वारेन्टिनमा राखिएको छ । साथै उनीसँग सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा राखिएको छ ।
किम जोङ उनले शंकास्पद संक्रमित भेटिएको वरपरका क्षेत्रहरुमा आपतकाल घोषणा गरेका छन् ।

https://www.youtube.com/watch?v=aG_otWPJMj4&t=349s



सम्बन्धित
Loading...