२ दिन देखिकोअविरल बर्षाका कारण कैलालाका विभिन्न क्षेत्र जलमग्न ४ जना बेपत्ता
२ दिन देखिको अविरल बर्षाका कारण कैलालाका विभिन्न क्षेत्र जलमग्न भयका छन ।
जिल्लाको घोडाघोडि नगरपालिका १कौवा गाउमा पनि पानिको निकास नभयर ७ बिगाह जमिन जलमग्न भयको छ।
वडाले ७ होमपाइप दियपनि पानिको निकास नभयर जलमग्न भयको हो भनेर स्थानियले बताएका छन।
आफ्नो वडामा कत्तिको क्षेति भैरहेको छ भन्ने कुरा हामिलाई थाहा छ सिकाइरहनु पर्दैन भनेर घोडाघोडि नगरपालिका १ का वडा अध्यक्ष मनराज शाहिले बताउनु भयको छ।

एस्तै कैलालीको भजनी नगरपालिका ८ खौरपुरका ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र विक र जनकपुरका ११ वर्षीय स्केल चौधरी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरिक्षक जनक धामीले बताए।
पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेको बताए। बुधबार दिउँसो खोलामा बगेर बेपत्ता भएका भजनी ८ कै ४० वर्षीय बलराम चौधरीको उद्धार गरिएको छ। त्यस्तै, सोही वडाकी बिक्की शाही र हेमन्त शाहीलाई पनि प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ।
जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५ परिवार डुबानमा परेका छन् , जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा ८ सय २५ परिवार डुबानमा परेका छन्।