घोडाघोडिलाई नमुना क्याम्पसको रुपमा स्तरउन्न्ती गरिने


कैलालीको घोडाघोडी बहुमखी क्याम्पस सुदुरपश्चिम प्रदेशको नमुना क्याम्पसमा छनौट भएको छ । जिल्लाको घोडाघोडी नगरपालिकामा रही गुणस्तर सुनिश्चितता प्रत्यायन QAA प्रमाण पत्र प्राप्त क्याम्पस स्तरोन्नतिका लागि कैलालीबाट छनौटमा परेको हो ।



प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत उच्च शिक्षा महाशाखाले स्तरोन्नतिका लागि ४३ क्याम्पस मध्ये ९ क्याम्पसलाई छनौट गरेको हो । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस संगै अछामको अछाम बहुमुखी क्याम्पस, कञ्चनपुरको महाकाली बहुमुखी क्याम्पस, डडेल्धुराको त्रिवेणी क्याम्पस, डोटीको केदारज्योति कुञ्ज बहुमुखी क्याम्पस, दार्चुलाको दार्चुला बहुमुखी क्याम्पस, बझाङको सुनकुडा बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस नमूना क्याम्पसको रुपमा स्तरोन्नत्तिका लागि छनौट भएको उच्च शिक्षा महाशाखाले जनाएको छ ।

वि.स.२०६२ सालमा स्थापना भई उच्च माध्यामिक तह देखि स्नातकोत्तर तह सम्म शिक्षाशास्त्र, मानविकी, ब्यवस्थापन, विज्ञान संकायमा विभिन्न कार्यक्रम सञ्चालित घोडाघोडी क्याम्पस छोटो समयमै विद्यार्थी र अभिभावकहरुको मन जित्न सफल भई अग्र स्थानमा आउन सफल भएको छ ।



सम्बन्धित
Loading...