सुनको भाउ बढेको बढ्यै, आज पनि नयाँ रेकर्ड
-सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेर आज फेरि नयाँ रेकर्ड बनाएको छ । तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।
सुन अहिलेसम्मकै महँगो भाउ हो । केही दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९९ हजार रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउमा भने आज तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ ।