गैडाकोटमा विद्युत चोरी गर्ने २० जनालाई जरिवाना गरिइयो




गैडाकोट (नवलपरासी) । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका विभिन्न २० जनाले विद्युत चोरेर प्रयोग गरेको पाइएको छ ।
नेपाल विद्युत प्राधिरकण गैडाकोट प्रशाखाका अनुसार विद्युत चोरी गरेकोमा गत आर्थिक वर्ष २०७६÷०७७ मा २० जनालाई कारवाही गरिएको छ । कारवाहीबाट नेपाल विद्युत प्राधिकरण गैडाकोट प्रशाखाले १ लाख ५० हजार जरिवाना स्वरुप असुल गरेको छ ।
त्यस्तै न्युनतम ५ हजार विद्युत महसुस रहेका र ३ महिना वढि सम्म महसुल तिर्न नगएका ३६३ जनाको लाइन काटिएको छ । उनीहरुबाट ४७ लाख ६० हजार वरावरको आम्दानी योग्य रकम उठन वाँकी छ ।
यो वर्ष देखिनै रकम उठाउन काम सुरु भइसकेको नेपाल विद्युत प्राधिकरण गैडाकोट प्रशाखा प्रमुख सुजन रिजालले जानकारी दिनुभयो । त्यस्तै नेपाल विद्युत प्राधिरकण गैंडाकोट प्रशाखाले गत आर्थिक वर्ष २०७६।०७७ मा २१ करोड ३ लाख ७२ हजार ३१० रुपैया आम्दानी गरेको छ ।

https://www.youtube.com/watch?v=9aJBWQAssaM




कोभिड १९ को संक्रमण र लकडाउनको वीच पनि कार्यालयले ९७ प्रतिशत सफलता प्राप्त गरेको कार्यालय प्रमुख सुजन रिजालले जानकारी दिए ।
कुल २ करोड २२ लाख १५ हजार ६२३ युनिट विद्युत विक्रिबाट उक्त आम्दानी संकलन भएको रिजालले बताए ।
जसमा घरायसी ग्राहकबाट १ करोड ३ लाख ६९ हजार ४५१ युनिट विद्युत विक्रिबाट ९ करोड २४ लाख ६४ हजार आम्दानी भएको छ । गत आर्थिक वर्षमा ५५३ जना नयाँ ग्राहक थप भएसँगै गैंडाकोट प्रशाखामा गा्रहको सख्या १० हजार पुगेको छ । असार महिनामा मात्रै गैंडाकोट प्रशाखाले २ करोड ६५ लाख ३९ हजार ८३ रुपैया विद्युत महसुल संकलन गरेको छ ।
भृकुटी कागज कारखानाको सहित करिव २ करोड वढि रकम वक्यौता रहेकोमा गएको आर्थिक वर्षमा ५ लाख ५७ हजार ६ सय ५५ रुपैया सकलन भएको छ । गत आवमा गैंडाकोट ३ को मान्द्रको ४ घरमा विद्युतीकरण सम्पन्न भएको छ भने अहिले सोही वडाको एकलटारमा विद्युतीकरणको काम भइरहेको र साउन मसान्त सम्म विद्युत पुर्याउने रिजालले बताए ।

https://www.youtube.com/watch?v=0_wPGT0KXHo



सम्बन्धित
Loading...