पश्चिम नवलपरासीमा १ लाख ३० हजारको केराउ बरामद




परासी । पश्चिम नवलपरासीमा प्रहरीले शुक्रबार १ लाख ३० हजार रुपैयाँ बराबरको केराउ बरामद गरेको छ ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा १ लाख ३० हजार रुपैयाँ बराबरको १३ क्युन्टल केराउ प्रहरी चौकी पाँचपेडाको टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताउनुभयो ।

https://www.youtube.com/watch?v=9aJBWQAssaM




प्रतापपुर गाउँपालिका ४ र सरावल गाउँपालिका ६ बर्ददवा चोक नजिकैबाट ४ वटा साइकल सहित प्रहरीले उक्त केराउ बरामद गरेको हो ।
त्यसैगरी पश्चिम नवलपरासी प्रहरीले विहीबार ९० हजार बराबरको केराउ बरामद गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले प्रतापपुर ७ सूर्यपुरा र सिमा प्रहरी चौकी महेषपुरले पाल्हीनन्दन गाउँपालिका २ गोपालपुरबाट उक्त केराउ बरामद गरेको हो ।

https://www.youtube.com/watch?v=0_wPGT0KXHo



सम्बन्धित
Loading...