भदौं १ देखि नवलपुरका विद्यालयमा भर्ना सञ्चालन


सरकारले गरेको भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न छुट दिने निर्णयसँगै आगामी भदौ १ गतेदेखि पूर्वी नवलपरासीसहित देशैभरका सम्पूर्ण विद्यालयमा विद्यार्थी भर्ना शुरु गरिने भएको छ ।
जिल्ला शिक्षा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले भदौं १ गतेबाट भर्ना शुरु गरिने तयारी गरिएको बताए ।
विद्यालय पठनपाठनका लागि पनि सरकारको निर्णय अनुसार हुने बताए ।



https://www.youtube.com/watch?v=9aJBWQAssaM&t=936s

उनले भने – हामी तयारी अवस्थामा छौं । सरकारले विद्यालय खुल्ने निर्णय गरे हामी पठनपाठन गराउने तयारीमा छौं ।
उनले भदौंको दोस्रो साताबाट विद्यालयमा पठनपाठन हुन सक्ने सम्भावना रहेको बताए ।
नवलपुरका अधिकांश सामुदायिक विद्यालय अझै पनि क्वारेन्टाइनको रुपमा प्रयोग भईरहेको छ । देवचुली नगरपालिकाले सामुदायिक विद्यालयबाट क्वारेन्टाइन हटाएर अन्य सामुदायिक भवनलाई क्वारेन्टाइनको रुपमा सञ्चालन गर्ने तयारी गरेको भए पनि अन्य स्थानीय तहले भने अझै सामुदायिक विद्यालयबाट क्वारेन्टाइन हटाउने तयारी गरेको छैन ।
तथापि नवलपुरका स्थानीय तहले विद्यालयमा बनाइएका क्वारेन्टिनहरु अर्को ब्यवस्था गरेर विद्यालय खाली गर्ने तयारी गरेको छ ।
क्वारेन्टिन राखिएका विद्यालयहरुमा डिसइन्फेक्सन गरेर विद्यालय खुला गर्न योग्य भएपछि मात्रै विद्यालय खुला गरिनेछ ।




https://www.youtube.com/watch?v=0_wPGT0KXHo&t=26s



सम्बन्धित
Loading...