मुख्यमन्त्री गुरुङ आफैं पुगे कोरोना विरुद्धको लडाई जित्नेलाई विदाई गर्न


  • रामकुमार श्रेष्ठ –



नवलपरासी, १८ साउन । संघीय सरकारले कोरोना संक्रमितहरुलाई १४ दिन आइसोलेसनमा राखेर पुन पिसिआर परीक्षण नगरी पठाउने निर्देशिका जारी गरे पनि प्रदेश सरकार आफैले खर्च गरेर भएपनि संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर फर्काउने निति लिएको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ आफै कोरोना विरुद्धको लडाइ जितेकालाई विदाई गर्न पुगेका छन् ।
पूर्वी नवलपरासीको रहजरमा रहेका प्राकृतिक चिकित्सालयमा रहेका संक्रमितहरु मध्ये २३ जना शनिबार निको भएपनि उनीहरुलाई विदाई गर्न मुख्यमन्त्री गुरुङ शनिबार राति अस्पताल पुगेका हुन् ।
सक्रमितहरु निको भएर समुदायमा फर्कन पाउँदा उनीहरुको उत्साह युद्ध जिते भन्दा कम लिएन । उनीहरु नाँच्दै गाउदै रमाउँदै घर फर्किएका थिए ।
संक्रमितहरु अधिकांश घरको आर्थिक अवस्था कमजोर भएपछि घर परिवार पाल्ने सपना देखेर विदेश गएका थिए । फर्किदा उनीहरुले कोरोना भाइरस बोकेर नेपाल आए । कोही भारतबाट जन्मभूमि फर्किएका थिए भने कोही खाडी मुलुकबाट ।

https://www.youtube.com/watch?v=oIq-W3f3I3Y




रजहरको प्राकृतिक चिकित्सालयमा अहिलेसम्म ३ सय १५ जना संक्रमितहरुको उपचार गरिएकोमा २ सय ९४ जना निको भएर फर्किएका छन् भने आइतबार थप ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि विदाई गरिएको छ । यहाँ अब जम्मा २१ जना मात्र संक्रमितहरु उपचाररत रहका छन् । ति मध्ये पनि कतिपय आजभोलि नै विदा हुने तयारीमा छन् । यहाँ उपचार गरिएको मध्ये कतिपय ७ दिनमा निको भएर फर्किका छन् भने कतिपय ४०÷४५ दिनसम्म पनि उपचार गरेर भए पनि निको भएर मात्र फर्किएका छन् ।
शनिबार राति निको भएर घर फर्किनेहरुमा ४ बर्षका बच्चा देखि आफ्नो लाउलाउ र खाउँखाउँको उमेर अर्काको देशमा पसिना बगाएर फर्कनेहरु पनि थिए । संक्रमितहरु निको भएर समुदायमा फर्कन पाउँदा कतिपय यतिसम्म खुसी थिए कि विदाई कार्यक्रममा सहभागी मुख्य मन्त्री र उपचाररत डाक्टरहरुलाई भगवान सरह मानेर खुट्टा ढोगगर्न सम्म भ्याएका थिए ।
कार्यक्रममा कोरोना भाइरस विरुद्धको लडाइ जितेकाहरुलाई विदाई र उपचारमा सम्लग्न स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्दै मुख्य मन्त्री गुरुङले कोरोना भाइरस विरुद्धको लडाईमा नेपालले चिताएको जस्तो सफलता प्राप्त गरेको बताए ।
रजहरको प्राकृतिक चिकित्सालयमा संक्रमितहरुलाई प्राकृतिक पद्दतिबाट अर्थात नेपालमा एक मात्र स्थानमा प्राकृतिक पद्दतिबाट उपचार गरिएको छ ।



सम्बन्धित
Loading...