कृषिको व्यवसायीकरण र आधुनिकरण प्रदेश सरकारको प्राथमिकता
कावासोती । गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले कृषिको व्यवसायीकरणको माध्यमबाट विपन्न परिवारको आर्थिक स्तर बृद्धि गर्न सकिने बताउनु भएको छ । ग्रामिण क्षेत्रका अधिकाम्स स्थानीय बासिन्दा कृषि पेशामा आश्रित रहेको भन्दै गाहाले कृषिको व्यवसायीकरण र आधुनिकरण मार्पmत मात्रै उनिहरुको आर्थिक स्तर बृद्धि हुने बताउनु भयो ।
मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषी गाउँ स्थापना कार्यक्रम सञ्चालन गरिएको नवलपुरको कावासोती–१ मा आज आयोजित समापन कार्यक्रममा बोल्दै गाहाले नमुना कृषी गाउँ कार्यक्रम गण्डकी प्रदेश सरकारको प्राथमिकताको कार्यक्रम भएको भन्दै यसको कार्यान्वयनमा सबै पक्ष एकबद्ध हुन आवश्यक रहेको बताउनु भयो । उहाँले निर्भाहमुखी नभई कृषिको व्यवसायिक करण गर्न जोड दिदै आगामी दिनमा प्रदेश सरकारको तर्फबाट यस क्षेत्रमा कृषिको व्यवसायीकरणको लागि आप्mनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सोही अवसरमा उहाँले प्रदेश सरकारको प्राथमिकतामा नवलपुर जिल्ला रहेको भन्दै कावासोती–१ मा प्रदेश सरकारबाट प्रदेश स्तरिय उद्योग ग्राम स्थापनाको कार्य समेत आगाडी बढेको सन्र्दभमा नमुना कृषि गाउँ र उद्योग ग्रामको कार्यक्रमबाट यहाँका स्थानीयलाई रोजगारीको सृजना हुने बताउनु भयो । त्यस्तै देशभरका भूमीहिन सुकुम्बासीहरुको समस्या समाधानको लागि केन्द्र सरकारले आयोग गठन गरेर कार्य गरेको भन्दै उहाँले अब कोही नेपाली भूमिहिन नहुँने बताउनु भयो ।
जिल्लाको कावासोती–१ मा शुभप्रभात कृषक समूह मार्पmत मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषी गाउँ स्थापना कार्यक्रम सञ्चालन भइरहेको छ । जसबाट यस वर्ष ७० घर परिवार प्रत्यक्ष लाभान्वित भएको समूहका अध्यक्ष मेखराज श्रेष्ठले बताउनु भयो । कार्यक्रम मार्फत २५ वटा बाख्राको खोर निर्माण, उन्नत जातको बाख्राको लागि ३ वटा बोयर जातको बोका खरिद, तरकारी खेतीको लागि ११ वटा स्थायी प्लाष्टिक घर निर्माण गरिएको श्रेष्ठले बताउनु भयो । त्यस्तै व्यवसायिक तरकारी खेती तालिम, व्यवसायिक बाख्रा पालन तालिम, अवलोकन भ्रमण सहित बिउ बिजन वितरण गरिएको श्रेष्ठले बताउनु भयो ।
तिन वर्षसम्म सञ्चालन हुने यस कार्यक्रम मार्पmत कावासोती–१ लाई नमूना कृषी गाउँको रुपमा स्थापना गर्ने लक्ष्य राखिएको छ । आज पहिलो वर्षको कार्यक्रम समापन कार्यक्रममा वातवरण मैत्री कार्य अन्र्तगत एक सय वटा फोहर संकलन गर्ने ड्सविन सहित दुई सय वटा कागतीको बिरुवा वितरण समेत गरिएको थियो । गत वर्ष प्रदेश सरकारबाट २५ लाख एक हजार रुपैयाँ र समुदायबाट तिन लाख ९९ हजार रुपैयाँ गरि कुल २९ लाख रुपैयाँ बराबरको कार्य भएको छ ।
समापन कार्यक्रममा बोल्दै कावासोती–१ का वडा अध्यक्ष नारायण पन्त, नेकपा नवलपुर जिल्ला कमिटी सदस्य बाबुराम विश्वकर्मा सहितका वक्ताहरुले कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबैले आप्mनो स्थानबाट सहयोग गर्नुपर्ने बताउनु भयो ।
नयाँ भिडियोहरु … …
https://www.youtube.com/watch?v=EXf2r0FuPCc
https://www.youtube.com/watch?v=oIq-W3f3I3Y&t=84s
https://www.youtube.com/watch?v=oIq-W3f3I3Y&t=84s
https://www.youtube.com/watch?v=9aJBWQAssaM
