पछिल्लो २४ घण्टामा ३ सय ६० संक्रमित थपिए, संक्रमितको संख्या २१ हजार ७ सय ५० पुग्यो
मुलुकमा थप ३ सय ६० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ६० संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ ।