प्रहरी युक्ति तालिम महाविद्यालयमा ६ हजार बढी दीक्षित


  • विपी ढकाल



नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका ११ स्थित जर्घामा रहेको प्रहरी युक्ति तालिम महाविद्यालयले शुक्रबार ५ औं स्थापना दिवस मनाएको छ ।
काठमाडौंबाट २०७२ सालमा स्थानान्तरण भएको प्रहरी युक्ति तालिम महाविद्यालयको वि.स.२०७४ साल साउन २३ गते तत्कालिन संगठन प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गरेका थिए ।
स्थापना कालदेखि हालसम्म सो विधालयले प्रहरी निरीक्षक ४ सय ६४ जना, प्रहरी नायव निरीक्षक १६ जना, प्रहरी सहायक निरीक्षक १ हजार ४ सय ८३ जना, प्रहरी हवल्दार २ सय १९ जना र प्रहरी जवान ३ हजार ९ सय २३ जना गरि कुल ६ हजार १ सय ५ जना प्रहरीलाई दीक्षित गरिसकेको छ ।

https://www.youtube.com/watch?v=evgdpjZiqys




५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले महाविधालयलाई शुभकामना मन्तव्य दिदै नेपाल प्रहरीलाई आम नागरिकले शक्तिकेन्द्रको रुपमा मात्र नभएर साथीको रुपमा जनताले सोच्नुपर्नेमा जोड दिए ।
उनले प्रहरी युक्ति तालिम महाविद्यालय परिसरमा स्थापना भएको सर्पदंश उपचार केन्द्रले नवलपरासी जिल्ला र छिमेकी जिल्लाका बिरामीको उपचारमा पुर्याएको सेवा र कोभिड–१९ को रोकथामका लागि जिल्लामै पहिलो पटक १ सय बेड क्षमताको क्वारेन्टाइन सेन्टर निर्माणका लागि विद्यालयले देखाएको सक्रियताको प्रशंसा गरे ।
सोही कार्यक्रममा महाविद्यालयले प्रकाशन गरेको ‘युक्ति दर्पण २०७७’ को पहिलो संस्करणको प्रमुख जिल्ला अधिकारी मार्फत् लोकार्पण गरिनुका साथै विद्यालयले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको खेलकुद कार्यक्रमका विभिन्न बिधामा सहभागी बिजेतालाई पुरस्कृत समेत गरिएको थियो ।

https://www.youtube.com/watch?v=tbVC2m9sTLI&t=10s

त्यस्तै सोही विद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुंवरले कार्यक्रममा उपस्थित अतिथिलाई धन्यवाद व्यक्त गर्दै महाविद्यालयमा अझै पनि सुविधा सम्पन्न आवश्यक भौतिक पूर्वाधार नभई सकेको र प्रहरी संगठन र ३ तहका सरकारले गरेको निरन्तर सहयोगले आगामी ३ वर्ष भित्र देशकै नमुना प्रहरी तालिम केन्द्र बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुख लगायत जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

https://www.youtube.com/watch?v=w6rF7inTSDA



सम्बन्धित
Loading...