बर्दघाटमा क्वारेन्टाइन बाहिरका एक जनामा कोरोना संक्रमण, उपचारका लागि आमा छोरी भारत गएको खुल्यो


बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा शनिबार थप एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
बर्दघाट नगरपालिका १२, भटौलिया निवासी २१ बर्षीया महिलामा पिसिआर रिपोर्टमा कोरोना भाइरस पोजेटिभ आएको हो ।
उनी उनकै आमासँगै उपचारका लागि भारत गएको र एक दिन भारतमै बसेर आएको खुलेको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताए ।
त्यसैगरी संक्रमित महिलाकी आमा बर्दघाट नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खाना खुवाउने काम समेत गर्दै आएकी थिइन ।



https://www.youtube.com/watch?v=evgdpjZiqys&t=34s

आमाको स्वाब लिने तयारी भएको ज्ञवालीले बताए ।
बर्दघाटमा अहिलेसम्म २५ जना संक्रमित पुगेकोमा २२ जना उपचार पछि फर्किएका छन् भने आज थपिएको सहित ३ जना बुटवलका एन्फा क्लब हाउसमा रहेको आइसोलेसनमा राखेर उपचार गरिएको ज्ञवालीले बताए ।
बर्दघाट नगरपालिकाले भिडभाड हुने क्षेत्र, भारत गएर फर्किएकासँग सम्पर्कमा आएकाहरु, मुख्य मुख्य चोकहरुलाई आधार मानेर समुदायमा संक्रमण भए नभएको परीक्षण गर्ने गरेको छ ।
सोही क्रममा ति महिलाको पनि स्वाब संकलन गरिएको ज्ञवालीले बताए । बर्दघाटमा पछिल्लो पटक स्वाब संकलन गरिएको १ सय २५ जना मध्य १ सय १९ जनाको शुक्रबार पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो भने शनिबार ६ जनाको रिपोर्ट आउँदा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी बर्दघाट नगरपालिकाले समुदायमा थप ७१ जनाको स्वाब संकलन गरेको छ ।




https://www.youtube.com/watch?v=tbVC2m9sTLI&t=8s



सम्बन्धित
Loading...