आज फेरि कतिले घट्यो सुनको मूल्य ??
बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुन तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने आज तोलामा ४० रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय ३५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।