परासीमा सरकारी कर्मचारी र जनप्रतिनिधिको सदस्यता नविकरण भएन


परासी । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले सरकारी कर्मचारी र जनप्रतिनिधि रहेका नेपाल पत्रकार महासंघका सदस्यहरुको सदस्यता नविकरण सिफारिस रोकेको छ ।  नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माका अनुसार महासंघका सदस्य रहेका तर सरकारी कर्मचारी समेत रहेका र जनप्रतिनिधिमा निर्वाचित भईसकेकोहरुको सदस्यता नविकरण सिफारिस रोकेको हो ।
त्यसैगरी वैठक जिल्लाका संचारमाध्यम तथा त्यहाँ कार्यरत श्रमजिवीहरुको अवस्था बारे जानकारी लिन अनुगमन समिति गठन गरेको छ । शाखाका अध्यक्ष हरि शर्माको संयोजकत्वमा महासंघले ७ सदस्सीय समिति गठन गरेको हो ।
समितिमा महिला उपाध्यक्ष मालती न्यौपाने कार्य समिति सदस्यहरु प्रकाश न्यौपाने, बेणीमाधब बस्याल, श्याम थापा लगायत रहेका छन्।  सात सदस्सीय सो समितिले अनुगमन पछि प्रतिबेदन समेत बनाई सो जानकारी सम्बन्धित तहमा दिने अध्यक्ष शर्माले बताए ।
बैठकले गतबर्षको समिक्षा तथा आगामी कार्यक्रमहरु समेत तय गरेको छ ।
बैठकले गतबर्ष कार्यक्रम प्रदान गर्ने सबै स्थानीय तह संघसंस्था एंव ब्यक्तिलाई धन्यवाद ज्ञापन गरेको बताइएको छ । बैठकले आर्थिक बर्ष २०७६/०७७ को आर्थिक हरहिसाव अनुमोदन गरेको अध्यक्ष शर्माले बताए ।  महासंघमा ५ लाख १६ हजार २ सय रुपैया वचत रहेको कोषाध्यक्ष रवि पाण्डेयले जानकारी दिए ।



सम्बन्धित
Loading...