आजको मौसम हल्कादेखि मध्यम वर्षाको सम्भावना
आज देशभर सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि घाम लागेको छ । अन्य केहिस्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज बाग्मति प्रदेश,गण्डकी प्रदेश ,प्रदेश नं ५ र कर्णाली प्रदेशका १,२ स्थानहरुमा भारी वर्षाको सम्भावना छ । त्यस्तै आज राति धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ ,बाग्मति प्रदेश , प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान साउन ३० गते (शुक्रबार) दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । बाग्मति प्रदेश,गण्डकी प्रदेश ,प्रदेश नं ५ , र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।राति देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ ,बाग्मति प्रदेश , प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।