सुनवल नगरपालिकाको वडा कार्यालयमा कार्यालयमा तालाबन्दी
गोपी ज्ञवाली, सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले वडाका स्थानीयवासीहरुको पायक पर्ने स्थानमा कार्यालय भवन नबनाई वडाको एक छेउमा कार्यालय भवन बनाउन लागेको भन्दै सुनवल नगरपालिका वडा नम्बर ४ का स्थानीयबासीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका छन ।
नगर सभा, नगर कार्यपालिका एवं वडाका जनप्रतिनिधीहरुको बैठकले निर्णय गरेको भन्दै वडा अध्यक्षले सुनवल नगरपालिका वडा नम्बर ४ को भवन निर्माणका लागि सोमवार रमुवापुरमा भवन निर्माणको लागि शिलान्यास गरे पछि वडा नम्बर ४ को कार्यालय भवनमा विरोध स्वरुप तालाबन्दी गरेका छन ।
वडाबासीको पायक पर्ने स्थानमा नभई केही स्थानीय नेताहरुका लागि पायक पर्ने गरि वडाको छेउमा कार्यालय भवन बनाउन लागेको भन्दै सो निर्माण कार्य रोक्नु पर्ने माँग गर्दै चार नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको वडा नम्बर ४ कार्यालय भवन निर्माण संघर्ष समितिका संयोजक एवं वडाका स्थानीयवासी राजु ढकालले बताए ।
https://www.youtube.com/watch?v=BwYQKjzFUvY