दशैंलक्षित कपडा आयात अन्योलमा


नजिकिँदै गरेको दशैं र तिहारका लागि आवश्यक पर्ने तयारी पोशाक आयात गर्ने कि नगर्ने भन्नेमा व्यापारीहरू नै यति बेला अन्योलमा छन् । ४ महीना लामो बन्दाबन्दीले व्यापार व्यवसायमा परेको नकारात्मक असर र हालको निषेधाज्ञाका कारण चाडपर्वका निम्ति आवश्यक लत्ताकपडा (तयारी पोशाक) आयात गर्ने कुरामा व्यापारीहरू अनिर्णीत अवस्थामा छन् ।



विगत वर्षमा व्यापारीहरूले दशैंतिहार लक्षित गरी छिमेकी चीन र भारतबाट मात्रै करीब ३० अर्ब नेपाली रुपैयाँ बराबरको तयारी कपडा आयात गर्र्थे । त्यसका लागि उनीहरूले साउनबाटै तयारी शुरू गरेका हुन्थे । तर, यस वर्ष कोरोनाका कारण औद्योगिक, व्यवसाय र जनजीवनै ठप्प भएसँगै व्यापारीमा अन्योल सृजना भएको छ । यसले गर्दा चाडपर्वका बेला बजारमा तयारी लुगाको अभाव हुन सक्ने व्यापारीहरूको अनुमान छ ।

लामो समयदेखि नेपाल–चीन व्यापारमा संलग्न राष्ट्रिय व्यापार संघ न्यूरोडका कोषाध्यक्ष रामचन्द्र पराजुलीका अनुसार व्यापारीहरूले गर्मी मौसमका लागि आयात गरेका करीब ५ सय कन्टेनर लत्ताकपडा ६ महीनादेखि केरुङ नाकामै रोकिँदा अन्योल देखिएको हो ।



सम्बन्धित
Loading...