प्राकृतिक चिकित्सालयमा इमरजेन्सी र मेडिकेशन युनिट निर्माण हुने
अर्जुन अविरल, नवलपुर (रजहर) । कोभिड १९ अस्थायी अस्पताल, सामुदायिक प्राकृतिक चिकित्सालयमा रजहरमा कोरोना संक्रमितहरुको उपचारका लागि ईमरजेन्सी र मेडिकेशन युनिट निर्माण हुने भएको छ ।
चिकित्सालयमा उपचारत विरामीमा कसैमा लामो समय ज्वरो आएमा मध्यविन्दु जिल्ला अस्पताल पु¥याउनु पर्ने र केही ईमर्जेन्सी अवस्था आएमा केही गर्न नसकिने अवस्था भएकाले ईमरजेन्सी र मेडिकेशन युनिटको खाँचो परेको थियो ।
https://www.youtube.com/watch?v=TogCblRVI7o&t=1256s
गण्डक प्रदेशका सदस्य रोशन गाहा, देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, मध्यविन्दु जिल्ला अस्पतालका अध्यक्ष डा. गोपाल खनाल, प्राकृतिक अस्पतालका निर्देशक डा. विनोद पौडेल, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेल, स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको वैठकले ईमरजेन्सी र मेडिकेशन युनिट निर्माण गर्ने निर्णय गरेको हो ।
इमरजेन्सी र मेडिकेशन युनिट निर्माण गरेपछि रजहरमा उपचाररत विरामीमा कसैमा लामो समय ज्वरो आएमा मध्यविन्दु जिल्ला अस्पताल पु¥याउनु पर्ने र केही ईमर्जेन्सी अवस्था आएमा अन्य अस्पताल लैजानु पर्ने बाध्यता हट्ने छ ।
नवलपुरमा जिल्लामा अझै पनि जटिल प्रकृतिका विरामीहरु देखिएर भेन्टिलेटर तथा आइसियुमा राखेर उपचार गर्ने व्यवस्था छैन ।