नवलपुरमा विहीबार २४ जना संक्रमित निको भए




कावासोती । पूर्वी नवलपरासीमा बुधबार २४ जना एकै साथ निको भएर घर फर्किएका छन् ।
यो सँगै नवलपरासी पुर्वमा कोरोना भाइरस संक्रमण पछि उपचारबाट निको हुनेको संख्या ३ सय ६६ पुगेको छ । जिल्लामा संक्रमितको संख्या ५ सय पुगेको छ भने अब सक्रिए संक्रमित १ सय ३४ जना रहेका छन् ।

विहीबार बिनयी त्रिवेणी गाउँपालिका वडा नं. १, ६ र ७ का ८ जना पुरुष र ३ जना महिला निको भएर डिस्चार्ज भएका छन् ।
त्यसैगरी कावासोती नगरपालिका वडा नं. २ , १६ र १७ का ५ जना पुरुष डिस्चार्ज भएका छन् । यस्तै गैंडाकोट नगरपालिका वडा नं. २, ७ र १३ का ३ जना पुरुष र ३ जना महिला, हुप्सेकोट गाउँपालिका वडा नं. ३ का ४२ बर्षका पुरुष र देवचुली नगरपालिका वडा नं. ७ का ४३ बर्षका पुरुषले कोरोना जितेर डिस्चार्ज भएका छन् ।




https://www.youtube.com/watch?v=9kYE_h9vPOI



सम्बन्धित
Loading...