सहकर्मीलाई यौन शोषण गर्ने पक्राउ
पोखरा – आफ्नै कार्यालयका दुई महिला सहकर्मीलाई धम्क्याएर यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालका अनुसार अस्पतालका लेखा अधिकृत वामदेव सुवेदीले आफ्ना दुई सहकर्मीलाई धम्क्याएर पटक पटक यौन शोषण गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
https://www.youtube.com/watch?v=FY3S7PHIDFA&t=689s
प्रहरीका अनुसार, लेखाअधिकृत सुवेदीले आफुहरुलाई बारम्बार डर धम्की देखाई यौन शोषण गरेकाले कारबाही गरिपाउँ भनि दुई महिलाले मंगलबार प्रहरीमा छुट्टा छुट्टै उजुरी दिएका थिए ।