दाङको लमहीमा जिपको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु


लमही १ माघ। दाङको लमहीमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका–५ रातोडाँडामा आज बिहान ११ बजेतिर जिपको ठक्करबाट बाजुराको फैती गाउँपालिका–३ हाल लमही बस्ने सात वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।



पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१च ८०४१ नंको जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका मल्लको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए । मृतक मल्ल सशस्त्र प्रहरीका हबल्दार धर्मजीत मल्लका छोरा हुन् ।

सिंहका अनुसार चालकले ती बालक कुकुरसँग खेलिरहेको अवस्थामा आफैँ ठोक्किन आउँदा दुर्घटना भएको बयान दिएका छन् ।



सम्बन्धित
Loading...