कावासोतीमा लागुऔषध सहित दुई जना पक्राउ


कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार कावासोती नगरपालिका ८ मा राजमार्गमा चेकजाँचको क्रममा लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।



https://www.youtube.com/watch?v=e2w62INDgSE

ना ३३ प ९१८८ नम्बरको मोटरसाइकलमा आउँदै गरेको गैडाकोट नगरपालिका ९ निवासी २७ बर्षका अनिल गुरुङ र गैडाकोट ७ निवासी २४ बर्षीय विकास दरैलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले उनीहरुको साथबाट डाइजापाम, फेनारगन, नुर्फिन गरी १५÷१५ एम्पुलका दरले ४५ एम्पुल लागुऔषध बरामद गरेको जनाएको छ ।




https://www.youtube.com/watch?v=w7-Q9uw-LIM&t=22s



सम्बन्धित
Loading...