कुलमानका पक्षका कावासोतीमा प्रदर्शन
कावासोती । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै नवलपुरको कावासोतीमा प्रदर्शन भएको छ ।
दैनिक लामो समयको लोडसेडिङको समस्यालाई अन्त्य गरी नमुनायोग्य काम गरेका घिसिङलाई पुनः नियुक्ति दिनुपर्ने भन्दै युवाहरुले प्रदर्शन गरेका हुन् । चार वर्षे कार्यकाल पूरा गरी घिसिङलाई विदा गरिएपछि काठमाडौं उपत्त्यका सहित देशैभर स्वस्फूर्तरुपमा युवाहरुले प्रदर्शन गर्दै आएका छन् ।
https://www.youtube.com/watch?v=DUqjsNZejII
हात हातमा प्लकार्ड बोकेर सभापतिचोकदेखि फलफूलचोकसम्म युवाहरुले र्याली निकालेका थिए । राम्रो काम गरेका ब्यक्तिलाई पुनःनियुक्ति दिनुपर्ने युवाहरुको माग गरेको र्यालीमा सहभागी युवा अभियन्ता गगन न्यौपानले बताए ।
https://www.youtube.com/watch?v=e2w62INDgSE