पहिरोमा पुरिएर स्याङ्जामा ४ जनाको मृत्यु
स्याङ्जा–स्याङ्जामा अविरल वर्षापछि गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु भएको छ ।
https://www.youtube.com/watch?v=ODROgyqQ3E0
२८ वर्षीया विनिता नेपालीको पहिचान भएपनि दुई जनाको पहिचान हुन बाँकी छ । घटनास्थलबाट जीवितै उद्धार गरिएकी १७ वर्षीया मनिषा नेपालीको थप उपचार गर्न पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै कालिगण्डकी गाउँपालिका ४ गौतमडाँडामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । बाबुराम दमाईका छोरा विष्णु दमाईको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
