पर्वतमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३८ घाइते
पर्वत ३ माघ। पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ३८ जना घाइते छन् ।
बिहीबार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत भइसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डीएसपी भुवनेश्वर तिवारीका अनुसार बस भीरबाट करिब ६० मिटर तल खसको छ । घाइतेहरुको बाग्लुङ र पर्वत अस्पतालमा उपचार भइरहेको छ ।
केही गम्भीर घाइतेलाई उपचारका लागि अन्यत्र पठाइएको छ ।