पुरानो मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु


चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ का ७६ बर्षिय महिलाको मृत्यु भएको हो ।



ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि असोज १० गते अस्पताल भर्ना हुनुभएकी उहाँमा असोज १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । आकस्मिक कक्षमा उपचारका क्रममा आज विहान ११ः४५ बजे उहाँको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

 



सम्बन्धित
Loading...