नवलपुरमा संक्रमितको संख्या १ हजार नजिक पुग्यो


नवलपरासी, १८ असोज । पूर्वी नवलपरासीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार नजिक पुगेको छ ।
आइतबार नवलपुरमा ३४ जना संक्रमित थपिएसँगै नवलपुरमा संक्रमितको संख्या ९४८ पुगेको छ । आइतबार नवलपुरमा गैडाकोटका १३ जना, देवचुलीका ४ जना, कावासोतीका १० जना, मध्यविन्दुका ३ जना र विनयी त्रिवेणी ४ जना रहेका छन् ।
नवलपुरमा अहिलेसम्म ६९६ जना निको भएर फर्किएका छन् भने आइतबार निधन भएका सहित नवलपुरमा कोरोनाबाट निधन हुनेको संख्या ७ पुगेको छ ।
नवलपुरमा अहिले २४५ जना सक्रिय संक्रमित रहेका छन् भने ति मध्ये १० जनाको जिल्ला बाहिर र बाँकीको जिल्ला भित्रका विभिन्न अस्पताल र होम आइसोलेशनमा उपचार भईरहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।



सम्बन्धित
Loading...