चाडपर्व नजिकिए संगै नवलपुरमा बजार अनुगमन सुरु


-बिबेक भण्डारी, नवलपुर



चाडपर्व नजिकीए संगै नवलपुरमा बजार अनुगमन सुरु भएको छ । मंगलवार घरेलु तथा साना उद्योग कार्यलय नवलपुर,नवलपुर उद्योग बाणिज्य संघ र जिल्ला प्रशासन कार्यलय नवलपुर लगायतको सहभागितामा विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ६ र ७ का किराना पसल तथा होटलहरुमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा म्याद नाघेका, लेवलिङ्ग नगरेका र उपभोक्ता संग बढि मुल्य लिने गरेको भेटिएको घरेलु तथा साना उद्योग कार्यलय नवलपुरका प्रमुख बिक्रम सुबेदीले जानकारी दिनुभयो । चार्ड पर्व जजिकीए संगै बजारमा कालोबजारी, बढि मुल्य असुल्ने लगायतका गुनासो बढि आए पछि अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यलय नवलपुरका प्रमुख सुबेदीले बताए ।




२९ गते सम्मे हुने अनुगनमा जिल्लाका विकट तथा अनुगमन नपुगेका स्थानमा बढि जोड दिने अनुगमन समितिले जनाएको छ ।



सम्बन्धित
Loading...