उडिरहेका दुई विमान आपसमा ठोक्किए, पाँचको मृत्यु


फ्रान्स, असोज २५ एजेन्सी –



फ्रान्समा उडिरहेका दुई विमान एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ।




एक विमानमा ३ र अर्का विमानमा २ यात्रु रहेको बताइएको छ।

स्थानीय समयअनुसार शनिबार फ्रान्सको दक्षिण–पूर्वी शहरमा उक्त लाइट विमानहरु दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ।

दुर्घटना लगत्तै उद्धारका लागि ५० अग्निनियन्त्रक घटनास्थलमा खटाइएका थिए। विमान जमिनमा खस्दा त्यसले कसैलाई क्षति नपुर्याएको बताइएको छ।

https://www.youtube.com/watch?v=v0-lOWDtoZg

 



सम्बन्धित
Loading...