चितवनमा चार जना पत्रकारमा कोरोना


भरतपुर । चितवनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीपछि पत्रकार तथा सञ्चारकर्मी कोरोना भाइरसको उच्च जोखिममा छन् ।
सङ्क्रमितको संख्या तीव्र गतिमा बढ्दै जाँदा त्यसबाट पत्रकारहरु पनि जोगिन सकेका छैनन् । जस्तोसुकै भीड या समूहमा पनि पुग्नुपर्ने बाध्यता भएकै कारण पत्रकार तथा सञ्चारकर्मी पनि कोरोना भाइरसको सिकार बन्न पुगेका छन् ।
नेपाल पत्रकार महासंघ चितवनको तथ्याङ्कअनुसार चितवनमा हालसम्म चार जना पत्रकार कोरोना भाइरस सङ्क्रमित भएका छन् । सामान्य अवस्थामा रहेका उनीहरु आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् ।



https://www.youtube.com/watch?v=-kJP-HOrPbI

सङ्क्रमणको आशंकामा २५ जनाको पिसिआर परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । चितवनमा पत्रकारलाई सङ्क्रमण देखिन थालेको दुई हप्ताभन्दा धेरै भएको छैन । महासंघको तथ्याङ्कअनुसार चितवनमा करिब ६५० को संख्यामा पत्रकार तथा सञ्चारकर्मी छन् ।





सम्बन्धित
Loading...