देवचुलीका विद्यालय बन्द




सात महिनापछि सञ्चालन भएका देवचुली नगरपालिका भित्रका विद्यालयहरु पनि आजदेखि बन्द भएका छन् । देवचुली नगरपालिका नगर शिक्षा समितिले नगरपालिकाभित्र संक्रमणको जोखिम झनै बढेको भन्दै विद्यालय नखोल्न निर्देशन दिएपछि विद्यालयहरु बन्द गरिएका छन् ।

नगर शिक्षा शिक्षा समितिले बैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्न निर्देशन दिएपछि विद्यालयहरुले नियमित पठनपाठन बन्द गरेका हुन् । विद्यालयको पठनपाठन भन्दा स्वास्थ्य महत्वपूर्ण भएकाले विद्यालयहरु बन्द गर्न भनिएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द सिग्देलले बताए ।



सम्बन्धित
Loading...