लागुऔषध सहित नवलपरासीमा एक जना पक्राउ
कावासोती । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
डण्डा चोरामारा जंगलको ४० किलोमिटरमा चेकजाँचको क्रममा पश्चिम नवलपरासीको बर्दघाट ४ निवासी २४ बर्षीय राजिन विकलाई नवलपुर प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा लु १ ख ८०७१ नम्बरको बसमा सवार विकको साथबाट डाइजापाम २० एम्पुल, आईपिपिएल २० एम्पुल, फेनारगन २० एम्पुल, ओनेरेक्स १०० एमलको ३२ बोतल र नाइट्रोभेट १० लेखिएको ३० ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
पक्राउ परेका विकलाई नवलपुर जिल्ला अदालतबाट १० दिन म्याद थप गरी लागुऔषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान अगाडि बढाइएको खाँणले बताए ।
