त्रिवेणीकाे नहरमा डुवेर बेपत्ता
शारदा झेडी मगर –
कार्तिक ३ । हिजो साझ एक बालक नहरमा डुुवेर बेपत्ता भएका छन् ।
पुर्बी नवलपरासीको बिनयी त्रिबेणी गाउपालिका.वार्ड नं ७ ब्यारेज पुल पश्चिम गण्डक नहरमा ५ वर्षिय बालक शिवम् मिश्र बेपत्ता भएका हुन् ।
ना १ ह ४५७८ नं. को ई रिक्सा उत्तर बाट दक्षिणतर्फ गई रोकी राखेर आफ्ना बुुवा प्रेम मिश्र पसलमा सामान किन्न गएको अवस्थामा छोरा शिबम् मिश्रले रिक्सा स्टार्ट गरी चलाउन खोज्दा अनियन्त्रित भई सडकबाट अंन्दाजी ५० मिटर तल गण्डक नहरमा खस्दा बालक बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बालक नहरमा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली खटि स्थानीयसंग सहकार्य गरी खोजी कार्य भैरहेको भए पनि हाल सम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
अन्य अनुसन्धान कार्य भईरहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।