बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु
रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले दिएको जानकारी अनुसार एक महिला र अर्का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।
कात्तिक १० गते स्वास्थ्यमा समस्या आएर पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएकी तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राति मृत्यु भएको उनले बताए ।
त्यसैगरी कार्तिक ७ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएर अस्पताल भर्ना भएका बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो ।
https://www.youtube.com/watch?v=vImrmNPMtD8