भटौलियामा स्वास्थ्य चौकी भवनको शिलन्यास
पप्पु रेग्मी –
बर्दघाट । बर्दघाट नगरपालिकाको वडा नम्बर १२ भटौलिया बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा स्वास्थ्य चौकी भवनको शिलन्यास गरिएको छ ।
लुम्विनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले विहिवार एक कार्यक्रमका वीच शिलन्यास गरेका थिए ।
बर्दघाट नगरपालिकाको वडा नम्बर १२ को भटौलियाको कुसुम चोक नजिकै रहेको सन्तोषी माताको मन्दिरको जग्गामा सो भवनको शिलन्यास गरिएको हो ।
उक्त भवन निर्माणका लागि प्रदेश सरकारबाट ३१ लाख रुपैया बजेट प्राप्त भएको र सोहि बजेटबाट ४ कोठे पक्की भवनको निर्माण गर्न थालिएको वडा अध्यक्ष मान बहादुर मल्लले जानकारी दिए ।
अव वडा मै स्वास्थ्य चौकी बन्ने भए पछि स्वास्थ्य सेवा लिन टाढा टाढा जानु पर्ने बाँध्यता आगामी दिनमा हट्ने र गाउमै उपचार गर्न पाईने स्थानीयवासी चन्द्रकान्त ढकालले बताए ।
भवन शिलन्यास कार्यक्रममा वडाका जनप्रतिनीधिहरुसंगै स्थानीय समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो । यस स्वास्थ्य चौकी निर्माण भए पछि यस वडाको ११ सय घरधुरीले सेवा लिने बताईएको छ ।
