देवचुलीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन स्थानीय लागि पर्दै


बिबेक भण्डारी –



रजहर । नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर २ सुन्दरबस्तीलार्ई धार्मक पर्यटकीय क्षेत्र बनाउन स्थानीय लागि परेका छन ।




वडा नम्बर २ का स्थानियहरुले वडालाई धार्मिक पर्यटकीय स्थल बनाउन उक्त क्षेत्रमा आकर्षक मन्दिर निर्माण गरेका छन ।

नागेस्वर महादेवको मन्दिरका रुपमा स्थानीयले मन्दिरलाई आकर्षक बनाएका छन ।

सुन्दरबस्ती पर्यटकीय नागेस्वर सिवालय मन्दिरका अध्यक्ष शालिकराम पुरीका अनुसार देवचुली सुन्दरबस्ती संगै यस क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्र बनाउन स्थानीय आफै लागि परेको बताए ।

उनका अनुसार मन्दिर निर्माणमा करिव ७ लाख रुपैया खर्च भएको जनाए । संविधानसभाका संसाद सत्यनारायण खनालको पहलमा पर्यटन पूर्वाधार विकासबाट ३ लाख, वडाको स्थानीय वातावरण समितिबाट १ लाख , देवचुली नगरपालिकाको तर्फबाट १ लाख २० हजार बराबरको मुर्ति र स्थानियको सहयोगमा मन्दिर निर्माण गरिएको बताए ।

३ दिनसम्म विविध पुजाआजा गरि मन्दिरको उद्घाटन गरिने छ । मन्दिरका अध्यक्ष पुरीका अनुसार कार्तिक १३ गते देखि १५ गते ३ दिनसम्म विविध कार्यक्रम रहने जनाए ।

१५ गते बिहान वडा परिक्रमा गराइ ११ बजे सासंद सत्यनारायण खनालको प्रमुख आतिथ्यतामा मन्दिरको उद्घाट गरिने बताए ।

विहिवार पहिलो दिन  शिवशंकरकोे मुर्ति स्थापना गर्दै प्राण प्रतिस्था विधिशास्त्र अनुसार पुजा आरधना गरिएको छ ।



सम्बन्धित
Loading...