हुप्सेकोट गाउँपालिका २१ गतेसम्म बन्द
खगेन्द्र पराजुली-
१६ कार्तिक, नवलपुर–नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्ष सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको छ ।
अध्यक्ष सहित गाउँपालिकाका ४ जना कर्मचारी संक्रमित भएपछि कार्तिक २१ गतेसम्म सेवा प्रवाह बन्द गरेको हो ।
शुक्रवार संकलन गरी पोखरा परीक्षणका लागी पठाईएको स्वाव नमूनाको रिपोर्टमा हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे, वहाँको परिवारका एक सदस्य, स्वास्थ्य शाखा प्रमुख र कार्यालय सहयोगी ३ जना सहित ८ जनामा संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष पाण्डेले बताईन् ।
अध्यक्ष पाण्डेले आफूमा कोभिडका कुनै लक्षण नरहेको तर पोजेटिभ देखिएपछि होम आईशोलेशनमा बसेको बताएकी छन् ।
पछिल्लो पटक कार्तिक ८ गते यता अध्यक्ष पाण्डेले गाउँपालिकाका २ ठूला कार्यक्रममा सहभागी भएकी थिईन् । उनले दशै अगाडी उज्यालो हुप्सेकोट कार्यक्रम अन्तर्गत वडा नं. २ को मोहनडाँडामा बिद्युत प्रसारण लाईनको उद्घाटन र दशै पछाडी वडा नं. २, ४, ५ र ६ का ३ सय १५ घरधुरीलाई सोलारबत्तीको प्यानल सहितका सामाग्रीहरु हस्तान्तरण गरेकी हुन् ।
गाउँपालिका अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि बिकट गाउँमा बसोबास गर्ने गाउँलेहरु अध्यक्षले हस्तान्तरण गरेको सामाग्री आफुहरुले साथमै लिएर गएका कारण डर मानेका छन् ।
https://www.youtube.com/watch?v=L1RK_Gc6spM&t=4s
