गैंडाकोटका नगरप्रमुख छत्रराज पौडेललाई कोरोना पुष्टि
नवलपुर, १७ कात्तिक– नवलपुरको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा भएको स्वाव परीक्षणमा नगर प्रमुख पौडेललाई संक्रमण पुष्टि भएको हो ।
नगर प्रमुख पौडेलका अनुसार सामान्य ज्वरो सहितको लक्षण देखिएपछि स्वाव संकलन गरी पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो।
अहिले पनि सामान्य ज्वरो बाहेक अन्य लक्षण नरहेको र होम आईशोलेशनमै रहेको बताउँदै आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेकाहरुले सावधानी अपनाउन र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा कोरोना परिक्षण गराउनुका साथै आईशोलेसनमा बस्न नगरप्रमुख पौडेलले आग्रह गरेका छन्।
https://www.youtube.com/watch?v=IErgkfU8bwQ
