यूएईका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप




दोहा- युनाइटेड अरब इमिरेट्स (यूएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् ।

तस्वीर ट्वीटर मार्फत सार्वजनिक गर्दै उनले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिएका हुन् ।




उनले यूएईका प्रत्येक नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड–१९ विरुद्धको खोप सबै उपलब्ध गराइने समेत जनाएका छन् ।

यसअघि त्यहाँका उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री शेख सईफ बीन जायाद अल नहान, विदेश मन्त्री शेख अव्दुल्लाह बीन जायाद, स्वास्थ्य मन्त्री अव्दुल्लाह रहमान अल ओविस, संस्कृति तथा युवा मन्त्री नुरा विन्त मोहम्मद अल कावी तथा अबुधावी एक्ज्युकेटिव अफिसका अध्यक्ष शख खालिद बीन मोहम्मद बीन जायादले पनि कोरोनाको खोप लगाएका थिए ।

यूएईले कोभिड–१९ का बिरामीको स्वास्थ्यअवस्थालाई मध्यनजर गरेर आपतकालीन प्रयोगका लागि खोप दिन थालेको जनाइएको छ।

https://www.youtube.com/watch?v=B9qnuN2hWoc



सम्बन्धित
Loading...