कावासोतीमा एकै दिन ४७ जना संक्रमित थपिए
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा ४७ जना कोभिड १९ का नयाँ संक्रमित पहिचान भएका छन् ।
आइतबार कुमारी प्रस्तावित अस्पतालमा स्वाब संकलन गरिएका १६१ जना मध्ये ४७ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
कावासोतीमा मात्रै संक्रमितको संख्या ४ सय नाघेको छ ।
https://www.youtube.com/watch?v=B9qnuN2hWoc
